अनेरास्ववियुद्वारा डुबान क्षेत्रका नागरिकलाई तत्काल उद्दार र राहत वितरण गर्न माग

काठमाडौँ, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले डुबान क्षेत्रका नागरिकहरुलाई तत्काल सुरक्षित स्थान तर्फ उद्दार गर्न र राहत वितरणको कार्यमा तीव्रता दिन सरकारसमक्ष जोडदार माग गरेको छ । अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र…