काठमाडौँ, १२ असोज । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ । आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ‘आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागु हुन्छ,’ उनले…