काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन्। यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ। नेपालस्थित अमेरिकी राजदूतावासले दिएको सूचनाअनुसार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग…