स्वास्थ्य मन्त्रालयद्वारा कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन आग्रह

काठमाडौँ, ३ साउन । कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण रोक्नका…