काठमाडौँ, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् । पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन् । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् । पशुपति क्षेत्र…