काठमाडौँ, २४ जेठ । नेकपा एमालेले पार्टीको निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ । महासचिव शंकर पोखरेलका अनुसार एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछ । असार २ गते काठमाडौँ आइपुग्नेगरी देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको छ ।…