काठमाडौँ, २६ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद-अल-अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् चाड इद-उल-अधा (बकर-इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिँदै उनले ‘इस्लाम धर्मावलम्बीहरूको महान्…