अशोक राई र रिजवान अन्सारीबीच भेटवार्ता : पार्टी एकताबारे छलफल

काठमाडौँ, ४ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र सो सरकारले घोषणा गरेको फागुन २१…