काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तबीच भेटवार्ता भएको छ । आज राजदूत श्रीवास्तले देउवालाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसअघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए । भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउँदै…