काठमाडौं, २६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताएका छन् । आज काठमाडौंको टोखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभरको लहर हेर्दा ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने बताएका हुन् । पाँचदलीय गठबन्धन राजनीतिक स्थायीत्वको विरुद्धमा तथा…