नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै

काठमाडौँ, १५ मंसिर । राजनीतिकर्मीको पाँचवर्षे बाली भित्रिइसक्दा मध्य तराईका किसानको बाली भने अझै बाँझै छ । असारमा मानो रोपेर मुरी उब्जाउन खेतमा रोपेको किसानको बाली उठाउने समयमै राजनीतिकर्मीको बाली उठाइदिनुपर्ने धपेडीले यो वर्ष मध्यतराईका किसानको बाली अझै भित्रिन सकेको छैन । समयमा घरमा बाली भित्र्याउन नपाउँदा सालभर गुजारा चलाउनुपर्ने धानबालीका बाला खेतका गहरामा नै…