वैकल्पिक ऊर्जा र एनएमबि बैंकबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता

काठमाडौँ, २० जेठ । एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता भएको छ । दुई पक्षबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।…