काठमाडौँ, १७ चैत । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गरेको हो । बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ । यस्तै,…