काठमाडौँ, १४ चैत । कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकमा गरेको अध्ययनले स्वदेश फर्केका ४८ दशमलव ६ प्रतिशत श्रमिकले रोजगारी गुमाएको तथ्याङ्क अगाडि ल्याएको हो। स्वदेश फर्केका श्रमिकमध्ये ३८ दशमलव ७ प्रतिशतको तलब घटेको, १५ दशमलव…