जेनजी प्रदर्शन र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै छौं : सचिव भट्टराई

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले जेनजी प्रदर्शन र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताएका छन् । फेसबुक स्टाटस मार्फत् भट्टराईले दुवै आयोग बनाउने पक्षमै रहेको प्रष्ट पारेका हुन् । ‘हामी भदौ २३ र २४ गते भएका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र न्यायिक छानबिनको पक्षमा छौं’, भट्टराईले लेखेका छन् ।…