नयाँ बन्ने स्वास्थ्य रणनीतिका लागि सुझाव माग्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठवर्षे नयाँ रणनीति बनाउने भएको छ । दिगो विकास लक्ष्य २०३० का लक्ष्य हासिलका लागि मन्त्रालयले नयाँ रणनीति बनाउन लागेको हो । नयाँ रणनीतिमा सहरी स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बीमा, मातृशिशु स्वास्थ्यलगायत विषयवस्तुलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्रालयले जनाएको छ । नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–३० नाम…