माधवसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौँ, २० चैत । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको १४ सांसदविरुद्धको रिटको फैसला अनिश्चित बनेको छ । उक्त मुद्दामा आज फैसला सुनाउने तय थियो । मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा परेको थियो…