माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ: राष्ट्रपति भण्डारी

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकेतिको निकटतालाई दर्शाउने बताउनुभएको छ । नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो…