काठमाडौँ, २८ पौष । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिँदा न्यायपालिकालाई थप क्षति पुगेको भन्दै नेपाल बार एसोसिएसनले उनीविरुद्धको आन्दोलन थप सशक्त बनाउने भएको छ । जबरा आफ्नो पदीय जिम्मेवारी बहन गर्न अक्षम भएकाले त्यसबाट राज्यका अन्य निकाय पनि प्रभावित भएको र संविधान नै निष्क्रिय भएको बारको भनाइ छ । प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको ७३औँ दिनमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै बारले आन्दोलनबारे…