काठमाडौँ, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रमुख राजनीतिक दलको अकर्मन्यता र अदूरदर्शिताको परिणामस्वरुप अमेरिकी सहयोग परियोजना एमसीसी अनावश्यक विवादको बन्धक भएको बताएको छ । उसले एमसीसीबारे चीन र अमेरिकाले व्यक्त गरेको चासो र चिन्तालाई पनि गम्भीर रुपमा लिनुपर्ने बताएको छ । कमल थापाले गठन गरेको नयाँ पार्टीको आइतबार बसेको पहिलो केन्द्रीय समिति…