काठमाडौँ, ११ पौष । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकजुट हुनका लागी तीन बुँदे शर्त अघि सारेका छन् । आज शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गजुरेलले आफूहरु पनि कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । १. जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे…