कांग्रेस मतगणना अपडेट : देउवाले कटाए १५०० मत, बहुमत ल्याउने दौडमा

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३२८२ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् । उनले १५५६ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाएका छन् । प्रकाशमान सिंहले…