गणतन्त्र पक्षधर दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देल

जनकपुर, २० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेलले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका आरोप लगाउनुभएको छ । मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेलले मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी…