सुनसरी, २४ पौष । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नु पर्ने अवस्था निम्तन सक्ने खतरा औंल्याउनुभएको छ । सुनसरीको इनरुवामा सञ्चारकर्मी सँगको कुराकानीको क्रममा नेता कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताउनुभयो । आगामी निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा…