आज प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउनेछन् । उनले यही भदौ १४ देखि १८ गतेसम्म चीन भ्रमण गर्दै छन् ।