काठमाडौँ, १२ भदौ । संवैधानिक इजलास गठन प्रक्रियामा करिब डेढ महिनादेखि कायम रहेको विवाद बुधबार सुल्झिएको छ । न्याय परिषद्ले बनाएको १० न्यायाधीशको ‘रोस्टर’ बाट प्रधानन्यायाधीशले छानेर संवैधानिक इजलास गठन गर्ने विधिमा सहमति जुटेको हो । प्रधानन्यायाधीश राउतले बुधबार नै ‘रोस्टर’ बाट आफूसँगै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहेको…