सडक विभागको लापरबाहीले दुई यात्रुले ज्यान गुमाउनु पर्यो: मन्त्री खाँण

काठमाडौँ, ३० जेठ । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुले ज्यान गुमाउनुपरेको बताउनुभएको छ । सोमवार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनु परेको बताउनुभयो । उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र सडक चर्किसक्दासमेत…