काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट भर्चुअल माध्यमबाट स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको…