पोखरा, ३० कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा चौँथोँ र पाँचौ तहका कर्मचारीका लागि आयोजित सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उनले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको…