एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संविधानविपरीत : नेता खनाल

काठमाडौँ, ८ भदौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भूराजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् । आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता खनालले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाईअघि बढाउने उपकरण भएको जिकिर गरे । एमसीसी सम्झौताले चीन र…