कोही कन्फ्युज हुनु पर्दैन, अर्ली इलेक्सन हुँदैन : अध्यक्ष दाहाल

काठमाडौं, १३ कार्तिक । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताएका छन् । आज जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको बताए । अध्यक्ष दाहालले भने, “अर्ली इलेक्सन हुँदैन यसमा क्लियर हुनुहोला…