काठमाडौँ, ४ असोज । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ । भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।…