एजेन्सी, ६ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबिचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको र यसले अन्य कुनै देशलाई असर नगर्ने बताएका छन् । बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले उक्त टिप्पणी गरेका हुन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने…