कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन प्रतिबद्ध छौँ: मुख्यमन्त्री कँडेल

सुर्खेत, ४ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उनले विकास, सुशासन र सामाजिक न्यायको जगमा कर्णालीलाई समृद्धिको बाटोमा अघि बढाउन सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् । बुधबार ‘प्रदेश स्थापना तथा सहिद दिवस, २०८२’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सहिदहरूको बलिदानबाट प्राप्त प्रदेशको सपना साकार पार्न सबै एकताबद्ध हुनुपर्ने बताएका…