कांग्रेसका नेताले भने, ‘सभामुख सापकोटा छिट्टै जेल जाने अवस्था आउँदैछ’: माओवादीमा हलचल (भिडियोसहित)

सिन्धुपाल्चोक, १३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संघीय संसदका सभामुख अग्नि सापकोटा कानुनी कठघरामा उभिने दिन आउँदै गरेको बताउनुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थलीमा शुक्रबार देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा नेता बस्नेतले सभामुख सापकोटा उनकै कु(कर्मले छिट्टै जेल जाने अवस्था आउन लागेको दाबी गर्नुभयो । कीर्ते गरेर सरकारी जग्गा…