काठमाडौँ, २ असोज । सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट नभएको बताएका छन् । आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदको कार्यसम्पादनमा वैज्ञानिक सुधार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ ।…