काठमाडौँ, २९ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय तथा एमालेले कारबाही गरेका १४ सांसदलाई समाजवादीका सांसदमा सामेल गर्ने निर्णयविरूद्ध परेका रिटमाथि चैत २० गते पूर्ण (अन्तिम) सुनुवाइ गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका एमाले विभाजन सम्बन्धी छुट्टाछुट्टै तीन रिट आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको…