काठमाडौँ, २२ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले सत्तारुढ दलहरू दुषित भएर गन्हाएको आरोप लगाउनुभएको छ । इलाम काठमाडौं सम्पर्क मञ्चको ९औँ सम्मेलनलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विभिन्न संविधान बिरोधी क्रियाकलापहरुका कारण अहिलेको गठबन्धन सरकार दुषित भएको र त्यसैको कारण भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा…