कांग्रेसले कहिल्यै राष्ट्रघात गर्दैन : महामन्त्री शर्मा

काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनुभएको छ । मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेक्कार हो भन्नुभयो । उहाँले कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै एमसीसीमा सैन्य रणनीति नरहेको प्रस्ट…