काठमाडौँ, ३० जेठ । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बजेटका विषयमा मागपत्र पेस गरेको छ । आज एमाले संसदीय दलका नेता यमलाल कँडेलको टोलीले १९ बुँदे मागपत्र पेस गरेको हो । मुख्यमन्त्री शाही र कँडेलबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको…