दार्चुला घटनाबारे तत्काल छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ, १६ साउन । नेपाली कांग्रेसले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनाबारे तत्काल छानबिन गर्न माग गरेको छ । भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले घटना भएको समाचार सार्वजनिक भएपश्चात् जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको बुझेपछि सोही विवरण केन्द्रमा…