काठमाडौँ, ३१ असार । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुब्नुभएका नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाबाट नेपाली जनताले भ्रष्टाचार र सुशासनको अनुभुति गर्न पाउने अवस्था देखिएको छैन । नेपालको इतिहासका भ्रष्टाचार, अनियमितता, राष्ट्रघाती कदमको नेतृत्व कर्ताको रुपमा प्रधानमन्त्री देउवाको नाम जोडिएकै हुन्छ । वाइडबडी काण्ड, लाउडा काण्ड, महाकाली सन्धी, संसदलाई राजालाई सुम्पने, मुलुकमा संकटकालको…