बुटवल, १६ जेठ । नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आर्थिक वर्ष ०७८/७९ को प्रस्तुत बजेटमा समाजवादको आधार निर्माणको झल्को दिएको बताउनुभएको छ । नेपाली समाज कोरोना महामारीबाट पिल्सिरहेका बेला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रणनीतिक र दुरगामी महत्व बोकेको बजेट भाषण गरेको उहाँको भनाइ छ । बजेटमा कम्युनिस्ट पार्टीको सपना समाजवादको आधार…