अध्यक्ष ठाकुरले आयोगमा बुझाए थपिएका २० कार्यकारिणी समितिको नामावली

काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् । जेठ ३० गते ठाकुरले आफूपक्षीय बैठक राखेर २० जनाको नाम थपेका थिए । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनीपक्षीय एक नेताले बताए…