काठमाडौँ, १५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्तावमा २२ मत परेको थियो । बुधबारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरू भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी)का तीन…