संसदीय समिति सदस्यमा व्यापक हेरफेर (सूचीसहित)

काठमाडौँ, ३० चैत । संसदीय समितिको स्दस्यहरूमा व्यापक हेरफेर गरिएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको जानकारी दिए । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो ।