सावधानी नअपनाए लकडाउन हुन सक्छ, सचेत बनौँ: प्रधानमन्त्री ओली

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने बताउनुभएको छ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको निर्देशन पालना नगरिएको खण्डमा लकडाउन हुनसक्ने उहाँले बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन ।…