काठमाडौँ, १७ चैत । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने भएको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने…