काठमाडौँ, १२ चैत । सरकारले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् । कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेमनारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र…