काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् । पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएका…